अंकारा – बोइङको ठूलो ग्राहक मध्येको एक टर्किस एयरलायन्सले अमेरिकी विमान निर्माता कम्पनी बोइङमाथि मुद्धाको तयारी सुरु गरेको छ । ७३७ म्याक्स विमानमा देखिएिको समस्याका कारण आफ्नो सञ्चालन रणनीतिलाई पुनः मूल्यांकन गर्नुपर्ने भएपछि टर्किस एयरले मुद्धाको तयारी गरेको हो ।
डिमिरोरेन न्यूज एजेन्सीका अनुसार अमेरिकी निर्माताले अवस्थाको बारेमा देखिएको अनिश्चितता र असफलता दुवैलाई उचित किसिमबाट सम्बोधन गर्न असफल भएको भन्दै विमान सेवा कम्पनीले मुद्धा हाल्ने तयारी गरेको हो ।
इन्डोनेसिया र इथियोपियामा डर लाग्दो दुर्घटना भएपछि मार्चदेखि ७३७ म्याक्स विश्वभरी ग्राउन्डेड भएका छन् । टर्किस एयरलायन्ससँग आफ्नो उडानमा २४ वटा बोइङ ७३७ म्याक्स विमान रहेको छ । हाल यसले ७५ वटा म्याक्सको आपूर्ति कुरेर बसिरहेको छ ।
विमान ग्राउन्डिङ भएपछि र २४ वटा विमान प्रयो गर्न असक्षम भएपछि टिकटको भाडा प्रभावित भएको र प्रसस्त संख्यामा आन्तरिक उडानमा नकारात्मक प्रभाव परेको विमान सेवा कम्पनीले जनाएको छ ।
गत वर्षको तुलनामा सीट प्रस्तावको संख्यामा ६.७ प्रतिशतले गिरावट आएको एयरलायन्सले जनाएको छ । हवाई यात्रामा बढेको मागले टिकटको मूल्य गत वर्षको तुलनामा बढेको छ ।
प्रतिक्रिया