बोइङले ७३७ म्याक्सको उत्पादन रोक्ने

बोइङले ७३७ म्याक्सको उत्पादन रोक्ने


वसिङटन – बोइङले आगामी महिना ७३७ म्याक्सको उत्पादन निलम्वन गर्न सक्ने कम्पनीले जनाएको छ । संघिय उड्ययन प्रशासनले विमानको समीक्षा आगामी वर्षसम्म जारी राख्ने भएकाले कम्पनीकोतर्फबाट यस्तो निर्णय आएको हो ।

सर्वाधिक विक्रीको यो विमानको विश्वव्यापी ग्राउन्डिङपछिको समयमा बोइङको यस्तो निर्णय आएको हो ।

यो निर्णयले एरोस्पेस कम्पनीको आपूर्ति संजालमा प्रभाव पार्नेछ । यसले एयरलायन्सहरुमा पनि थप समस्या पार्न सक्छ । आफ्नो सेवामा इन्धन सक्षम विमानको अभावले विमान सेवा कम्पनीहरुले अर्बौ डलर गुमाउन सक्ने देखिएको छ ।

बोइङले वासिङटनको रेन्टनमा रहेका कामदारहरुलाई अवकास दिने योजना नभएको बताइसकेको छ । तर १२ हजार कामदारहरुलाई अस्थायी रुपमा काममा पुनः ल्याइसकिएको छ ।

दुई भयानक दुर्घटनामा ३४६ जनाको मृत्यू भएपछि नियामकले विमानको समीक्षा गरिरहेको स्वीकार गर्दै यो आगामी वर्षसम्म चल्ने जनाएको छ ।

बोइङले ७३७ म्याक्सको उत्पादन कति समय सम्म रोक्ने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन । नियामलके पुनः उडानका लागि अनुमती दिने विषयमा यो निर्भर हुने बोइङले जनाएको छ ।