भारती र उनका पतिलाई १३ दिनका लागि हिरासतमा पठाइयो

भारती र उनका पतिलाई १३ दिनका लागि हिरासतमा पठाइयो


एजेन्सी – भारतीय चर्चित हास्य कलाकार भारती र उनका पतिलाई १३ दिनका लागि हिरासतमा पठाइएको छ । उनीहरु ४ डिसेम्बरसम्म न्यायिक हिरासतमा रहनेछन् । दुबैले जमानतका लागि अदालतमा याचिका दायर गरेका छन् । याचिकामाथि आज सुनुवाइ हुँदैछ ।

भारतको लागू औषध नियन्त्रण ब्यूराले उनीहरूको घर तथा कार्यालयमा ८६.५ ग्राम गाँजा बरामद गरेपछि शनिबार एनसिबीले उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका भारती र उनका पति दुबैले आफूहरूले गाँजा सेवन गर्ने गरेको स्वीकार गरेका छन् । भारतमा अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि एनसिबीले बलिउडमा लागुऔषध प्रयोगका बारेमा जाँचलाई तिब्र बनाइरहेको छ ।