बलिउडका १० धनी हिरोइन, कसको सम्पत्ति कति ?

बलिउडका १० धनी हिरोइन, कसको सम्पत्ति कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बलिउडका अभिनेत्रीहरु कुनै अभिनेता कम छैनन् भन्ने कुरा पछिल्लो चरणमा आएका फिल्महरुले प्रमाणित गरेका छन् । अभिनेत्रीहरुको मुख्य भूमिका रहेको फिल्महरुले पनि बक्स अफिसमा राम्रो व्यापार गर्न थालेका छन् । केही यस्ता अभिनेत्रीहरु बलिउडमा रहेका छन् जसको कमाइ बलिउड अभिनेताभन्दा पनि उच्च रहेको छ । बलिउडमा हालसम्म सबैभन्दा बढी कमाउने तथा सबैभन्दा धेरै सम्पत्ति जोडेका १० अभिनेत्रीहरु को हुन र उनीहरूको सम्पति कति छ ? 


१. ऐश्वर्या राय बच्चन

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम फैलाएकी ऐश आज पनि बलिउडमा उतिकै सक्रिय रहेकी छिन् । ऐशको कुनै समय धेरै इन्टरनेशनल ब्राण्डसँग सम्बन्ध रहेको थियो । त्यही कारण पनि उनको कमाइ अन्य अभिनेत्रीभन्दा उच्च रहेको थियो । उनीसँग कुल ३० मिलियन सम्पत्ति रहेको छ ।


२. अमिषा पटेल

अमिषा पटेलको बलिउडमा चार्म खासै रहेको छैन । सुरुमा उनले खेलेका सुपरहिट फिल्महरुका कारण उनी हालसम्म पनि चर्चामा रहेकी छिन् । अमिषासँग ३० मिलियन बराबरको सम्पत्ति रहेको छ ।

३. अमृता राव
साउथमा ठूलो सफलता पाएकी यी अभिनेत्री कुनै समय साहिद कपुरसँगको अफयेरका कारण चर्चामा रहेकी थिइन् । तेलगु फिल्ममा सफल रहेकी यी अभिनेत्रीसँग २० मिलियन रुपैयाँ बराबरको सम्पत्ति रहेको छ ।

४. दीपिका पादुकोण
यी अभिनेत्रीको जति तारिफ गरे पनि कमै हुन्छ । हरेक कुरालाई व्यक्त गर्ने दीपिकाको अलग अन्दाज रहेको छ । दीपिकालाई आफ्नो फिल्ममा साइन गराउन निर्माताहरु महिनौ उनको पछि लाग्ने गर्छन् । उनीसँग १६ मिलियन रुपैयाँ बराबरको सम्पत्ति रहेको छ ।

५. काजोल
काजोल बलिउडकी यस्ती नायिका हुन् जसको चार्म आज पनि उस्तै रहेको छ । ‘कभी खुशी कभी गम’ ‘दिवाले दुल्हनीया ले जायेंगे’जस्ता सुपरहिट फिल्म गरेकी काजोलको १५ मिलियन रुपैयाँ बराबरको सम्पत्ति रहेको छ ।

६. इलियाना डिक्रुज
साउथ फिल्ममा राम्रो स्थान बनाएकी इलियानासँग धेरै सफल ब्राण्डहरुको कन्ट्रयाक रहेको छ । उनी राम्रो कमाइ गर्ने अभिनेत्रीमा गनिन्छिन् । उनीसँग १४ मिलियन रुपैयाँ बराबरको सम्पत्ति रहेको छ ।

७. करिष्मा कपुर
केही महिना अघि संजय कपुरसँग डिभोर्स गरेकी करिष्मा आज बलिउड देखि पर छिन् । कुनै समय बलिउडमा राज गरेकी करिष्मा पनि सम्पत्ति जोड्नमा कम रहेकी छैनन् । उनी १२ मिलियन सम्पत्तिकी एकलौटी मालिक्नी हुन् ।

८. करिना कपुर
करिना कपुर सैफ अली खानसँग विवाह गरेर यो स्थानमा भने आएकी होइनन् । उनले आफ्नै बलबुतामा आफ्नो करिअर बनाएकी हुन् । उनले हालसम्म १० मिलियन सम्पत्ति जोडेकी छिन् ।

९. कैटरिना कैफ
पछिल्लो समय करिअर ओरालो लागेपछि कैटरिना तनाबमा रहेकी छिन् । तर हिन्दी भाषामा सिकेर बलिउडमा राम्रो स्थान जमाउन सकेकी कैटरिनाले ९ मिलियन सम्पत्ति जोडेकी छिन् । उनी धेरै ब्राण्डेड सामानहरुको एम्बेसडर पनि हुन् ।

१०.प्रियंका चोपडा
आज बलिउडमा प्रियकाको आफ्नै स्थान रहेको छ । हलिउडमा पनि उनको आफ्नै चार्म रहेको छ । निकै परिष्कृत एक्टिङबाट उनलाई चिनिन थालिएको छ । फिल्म अफर गर्दा पनि प्रोडुसरहरु उनलाई राम्रै मुल्य अफर गर्छन् । उनको अहिलेसम्मको कुल कमाई ८ मिलियन रहेको छ ।