विद्या बालन हालै एक मर्सडिज कार खरिद गरेकी छिन् । विद्या मात्रै होइन्, बलिउडका सबैजसो स्टारहरु आफूलाई मन पर्ने कारमा हुइकिन रुचाउँछन् ।
रणवीर कपुर आफ्नो ह्वाइट अउडी ए८ मा त आलिया भट्ट आफ्नो ब्लू कलरको कार अउडी क्यु७ हाक्न मन पराउँछिन् ।
रणवीर कपुरसँगै कयौं कारहरु छन् तर उनी ह्वाइट अउडी ए८ नै हाक्न रुचाउछन् । उनको यो कारको मुल्य १.१८ करोड भारतीय रुपैयाँ हो ।
सुशान्त सिंह राजपूतले ‘एमएस धोनीः अनटोल्ड स्टोरी’ को सफलतापछि आफै ब्लू कलरको एक कार किनेका छन् । जसको मुल्य १.४४ करोड भारतीय रुपैयाँ रहेको छ ।
परिणति चोपडाले अहिले ह्वाइट कलरको जुगर एक्सजेएल घुमिरहेको देखिन्छिन् । उनको यो कारको मुल्य ९८ लाख भारतीय रुपैयाँ पर्छ ।
आलिया भट्टको ब्लू कलरको अउडी क्यु७ निकै मन पर्छ । उनको यस कारको मुल्य ७१.१५ लाख भारतीय रुपैयाँ पर्छ ।
तापसी पन्नुले अघिल्लो वर्ष बीएमडब्ल्यु एक्स१ ख्रिद गरेकी थिइन् । उनले मर्सिडिज बेन्ज जीएलई एसयुभी पनि खरिद गरेकी छन् । जसको मुल्य ८७ लाख भारतीय रुपैयाँ रहेको छ ।
प्रतिक्रिया