‘बम’ भनिएको झोलामा कुकर र पर्चा फेला, सेनाले पार्‍यो निष्क्रिय

‘बम’ भनिएको झोलामा कुकर र पर्चा फेला, सेनाले पार्‍यो निष्क्रिय


विराटनगर– इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि भेटिएको शङ्कास्पद वस्तु सेनाले निष्क्रिय पारेको छ ।

आफूलाई राजावादी बताउने समूहले उपमहानगरपालिकाको कार्यालयअगाडि राखेको शङ्कास्पद वस्तु मंगलबार नेपाली सेनाले निष्क्रिय पारेको हो।

कालो झोलामा कुकर र कुकर भित्र राष्ट्रिय सुरक्षा दल लेखिएको पर्चा भेटिएको छ ।

सुनसरी र मोरङ जोड्ने बुढी खोलाको पुलमुनि समेत त्यस्तै वस्तु रहेको सूचना पाएकोमा ती ठाउँमा केही फेला नपरेको प्रहरीले जानकारी दिएको छ।

एसपी तिम्सिनाका अनुसार मंगलबार बिहानै प्रहरीलाई एनसेलको एउटा नम्बरबाट बम राखेको सूचना आएको थियो।

बम रहेको हल्लापछि पूर्वपश्चिम राजमार्ग केहीबेर अवरुद्धसमेत बनेको थियो। अहिले यातायात सञ्चालन भइसकेको छ।