प्रचण्ड र वामदेवले सम्बोधन गर्ने चुनावीसभामा बम विस्फोट

प्रचण्ड र वामदेवले सम्बोधन गर्ने चुनावीसभामा बम विस्फोट


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वामदेव गौतमले सम्बोधन गर्ने चुनावीसभामा बम विस्फोट भएको छ ।

पोखराको नयाँबजारस्थित प्रदर्शनीस्थलमा आयोजित नेकपाको चुनावीसभामा विस्फोट भएको हो ।

कार्यक्रममा प्रचण्ड र गौतम सम्बोधनका लागि उपस्थित छन् । विस्फोटबाट मानवीय क्षति केही नभएको र त्यसबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।