आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाइँदै

आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस बुधबार मनाइँदैछ । ‘दिगो विकास लक्ष्य हासिल गर्न साहित्यको भूमिका’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

सन् १९९५ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को साधारण सभाले अप्रिल २३ तारिखमा यो दिवस मनाउन पहल गरेको थियो ।

दिवसको उद्देश्य पुस्तक र लेखकप्रति सम्मान प्रकट गर्नुका साथै पढ्ने संस्कृतिलाई प्रोत्साहन गर्नु हो । यसले बौद्धिक सम्पत्ति सुरक्षाका लागि आवश्यक कानून जानकारी र प्रतिलिपि अधिकारसम्बन्धी सचेतना फैलाउने अपेक्षा छ ।

नेपालमा २०२२ सालमा प्रतिलिपिसम्बन्धी कानून लागू भएको थियो ।

विश्वप्रसिद्ध लेखकहरू विलियम शेक्सपियर अनि इन्का गार्सिलासो डेला भेगाको आजकै दिन निधन भएको थियो ।

पहिला स्पेनका लेखक मिग्वेल डी क्रेभान्टेसको सम्मानमा अप्रिल ७ मा यो दिवस मनाउने गरिएको थियो । तर पछि उनको निधन पनि २३ अप्रिलमा भएपछि दिवसलाई सारिएको हो ।