बीपी राजमार्गमा सुख्खा पहिरो खस्दा दुईवटा सवारी पुरिए

बीपी राजमार्गमा सुख्खा पहिरो खस्दा दुईवटा सवारी पुरिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बीपी राजमार्गमा सुख्खा पहिरो खस्दा दुईवटा सवारी साधन पुरिएका छन् ।

काभ्रेको रोशी गाउँपालिका ११ पिप्लेमा खसेको सुक्खा पहिरोले खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना. १ ज. ६८१७ नम्बरको सुमो र सिन्धुलीबाट काठमाडौं तर्फ जाँदै गरेको बा. ४ ख. ४३५२ नम्बरको बस पुरिएका हुन् ।

बस रोशी खोलामा धकेलेको छ । सडकमा सवारी साधन गुडिरहेको अवस्थामा एक्कसी माथिबाट आएको सुख्खा पहिरोले दुईवटा सवारी साधन पुरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

बिहीबार बिहान करिब तीन बजे पहिरो खसेको हो। पहिरोले बसलाई सडकबाट झण्डै २० मिटर तल खसालेको छ। त्यसैगरी पहिरोले पुरेको सुमोको भने पछाडिको भाग मात्रै देखिएको छ।

दुवै गाडी खाली भएकाले मानबीय क्षती भएको छैन ।

बीपी राजमार्ग अन्तर्गतकै नमोबुद्ध तेमाल हुँदै मंगलटार जाने कच्ची सडक खण्ड र रोशी गाउँपालिका ११ पिप्लेस्थित बीपी राजमार्गमा पुनः सुख्खा पहिरो झरिरहेकोले तत्कालको लागि दुईतर्फी नै सडक अवरुद्ध रहेकाले यात्रा नगर्न जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुरोध समेत गरेको छ ।