बीपी राजमार्ग रातिको बेला सधैं बन्द हुने (सूचनासहित)

बीपी राजमार्ग रातिको बेला सधैं बन्द हुने (सूचनासहित)


काठमाण्डु – पूर्वी नेपाललाई राजधानी काठमाण्डुसँग जोड्ने बीपी राजमार्गअन्तर्गत धुलिखेलदेखि वर्षे खोलासम्मको सडक रातिको समयमा अर्काे सूचना जारी नभएसम्म सधैंका लागि बन्द गरिने भएको छ ।

सडकखण्डमा मर्मत गर्नुपर्ने भएकाले हरेक दिन राति ९ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गर्न लागिएको छ ।

सडक बुधबार रातिदेखि नै बन्द हुने सडक डिभिजन कार्यालय भक्तपुरले सूचनामार्फत जनाएको छ । सडक अर्को सूचना जारी नभएसम्मका लागि राति ७ घण्टा बन्द गरिनेछ ।

सडक डिभिजन कार्यालयका अनुसार चौकीडाँडा, नार्के बजार, कालढुंगा (भ्याकुरे खोला) हुँदै माम्तिखोला क्षेत्रसम्म डाइभर्सन मर्मत कार्य भइरहेको छ । गत असोज १०–१२ गतेसम्म परेको अविरल वर्षाका कारण सडकमा क्षति पुगेको थियो ।