यस्तो छ चीनले समुन्द्रमाथी बनाएको ५५ किलोमिटर पुल (फोटो फिचर)

यस्तो छ चीनले समुन्द्रमाथी बनाएको ५५ किलोमिटर पुल (फोटो फिचर)


काठमाडौं – चीनले समुन्द्रमाथि ५५ किलोमिटर लामो पुल बनाएर सवैलाई आश्चर्यमा पारेको छ । २००९ मा निर्माण शुरु गरिएको यो पुलको उदघाटन मंगलबार चिनियां राष्ट्रपति शी जिनपिङले गरे । 

चीनले समुन्द्रमाथी यति लामो पुल वनाएर संसारको ध्यान नै केन्द्रित गर्न सफल भयो ।सवैजस्तो अन्र्तराष्ट्रिय संचार माध्यमहरुले यो समाचारलाई प्राथमिकताका साथ समाचार प्रकाशित गरेका छन् । हङकङ-झुहाई- मकाउ नामको यो पुलको विश्वकै छैठौं लामो पुल हो ।  

यसको खर्च मात्र करिव १२० अर्ब युआन भएको अनुमान गरिएको छ । उक्त पुल बनाउने खर्च हङकङ, मकाउ र झुहाईले बेहोरेका छन् ।

चाइना डेलीकाअनुसार यस पुलमा चार लाख टनभन्दा बढी उच्च गुणस्तरको स्टिल प्रयोग गरिएको छ । यसले ८ रेक्टर स्केलको भूकम्प र   शक्तिशाली समुद्री आँधीलाई समेत थेग्न सक्छ । 

यसको आयु १२० वर्षभन्दा बढी रहेको छ ।छ लेनको यो पुलमा चार वटा सुरुङसमेत बनाइएको छ ।

यसअघि हङकङ एयरपोर्टबाट झुहाई जान चार घण्टा लाग्ने गथ्र्यो । तर यो पुलको निर्माणसंगै अव ४५ मिनेटमै झुहाई पुगिने भएको छ । पुल सुचारु भएसंगै सर्वसाधारण र सवारी साधनको ओइरो लागिसकेको छ ।