भारतमा निर्माणाधीन आकासे पुल भत्कियो, १२ जनाको मृत्यु

भारतमा निर्माणाधीन आकासे पुल भत्कियो, १२ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भारत– भारतको वाराणसी जिल्लामा सडकमाथि निमार्णाधीन आकासे पुल भत्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ।

उत्तर प्रदेशको राजधानी लखनऊबाट ३ सय ६ किलोमिटर दक्षिणपूर्वमा भएको घटनामा केही व्यक्ति भग्नाबशेषमा फसेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सेनाको अस्थायी शिविर रहेको क्षेत्रमा निर्माण हुँदै गरेको आकासे पुल भत्किएको थियो।

भारतीय अधिकारीका अनुसार निर्माणाधीन आकासे पुलका दुई वटा पिलर भत्किँदा रोडा र सिमेन्टले बनेको विशाल संरचना सडकमा गुडिरहेका गाडी र मानिसमाथि खस्दा मानवीय क्षति हुनपुगेको बताइएको छ ।

घटनास्थलमा केही गाडी र मानिसहरू भत्किएको पुलको संरचनाले थिचेको छ भने केही घाइतेको सङ्ख्या गम्भीर रहेकोले मृतक सङ्ख्या बढ्न सक्ने बताइएको छ ।

एक प्रहरी अधिकारीले घटनामा केही व्यक्तिको निधन भएको भएपनि उद्धार जारी रहेकाले मृतकको सङ्ख्या यकीन भैनसकेको बताए । थप जानकारी उद्धार सकिएपछि दिन सकिने उनले बताए ।

स्थानीय टेलीभिजन च्यानल एएनआईले पनि घटनामा १२ जनाको मृत्यु भएको र अन्य केही भग्नाबशेषमा फसेको जनाएको छ।