बेलायतमा लेबर पार्टीलाई बहुमत, कियर स्टार्मर प्रधानमन्त्री बन्‍ने निश्‍चित

बेलायतमा लेबर पार्टीलाई बहुमत, कियर स्टार्मर प्रधानमन्त्री बन्‍ने निश्‍चित


काठमाण्डु – बेलायतमा भएको निर्वाचनमा लेबर पार्टीले बहुमत सिट जितेको छ । बहुमत सिट जित्दै १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किर्ने निश्चित भएको छ ।

अहिलेसम्म सम्पन्न मतगणना अनुसार कियर स्टार्मर नेतृत्वको लेबर पार्टीले ३४४ सिट जितिसकेको छ । ३२६ सिट जितेमा बहुमत पुग्छ र सरकार बनाउन प्रयाप्त हुन्छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहहरूले बेलायतका कुल ६५० सिटहरुमध्ये लेबर पार्टीले ४१० सिट जित्ने आकलन गरेका थिए । शुरुआती नतिजामा लेबर पार्टीले आकलन अनुसारका सिट जितिरहेको छ । वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टीले अहिलेसम्म ७२ सिट जितेको छ । मत सर्वेक्षणले कन्जरभेटिभ पार्टीले १३१ सिटमा जित्ने देखाएका छन् ।

सन् २०१९ मा कन्जरभेटिभ पार्टीले ३६४ सिट जित्दै सरकार बनाएको थियो भने लेबर पार्टीले २०३ सिट जितेको थियो ।

यसपटकको निर्वाचनमा स्थिति उल्टिएर लेबर पार्टी सत्तामा पुग्ने निश्चित भएको छ । अब सन् २०२० मा लेबर पार्टीको नेता चुनिएका ६१ वर्षीय कियर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री बन्ने छन् ।