मंगलबार दिउँसो १ बजे बजेट भाषण

मंगलबार दिउँसो १ बजे बजेट भाषण

बजेट वक्तव्य पढ्ने बेलासम्म कांग्रेससँग सहमति भइसक्ने प्रधानमन्त्रीको दाबी


काठमाण्डु- सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेट मंगलबार दिउँसो ल्याउने भएको छ ।

आइतवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी दिएका हुन् ।

त्यसका लागि उनले प्रतिनिधिसभा सदस्यहरुलाई १२ः ४५ बजे भन्दा अगाडि नै संसदमा उपस्थित भइसक्न आग्रह गरेका छन् । बजेट भाषणपछि दिउँसो ४ बजे फेरि प्रतिनिधिसभाको बैठक बस्नले सभामुख घिमिरेले बताए ।

यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेट भाषण हुने समयसम्म दलहरुबीच सहमति हुने बताएका छन् ।आज प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले बजेट भाषण हुने समयसम्म नेपाली कांग्रेससँग सहमति हुने दाबी गरेका हुन् ।

‘हामि सहमति र समझदारीको धेरै नजिक पुगेको महसुस गरेको छु । आज बिहान मात्र कांग्रेस सभापतिको घरमै पुगेर सहमतिको प्रयास गरेको छु । आज र भोलिमा बजेट व्यक्तव्य पढ्ने बेलासम्म सहमति बन्ने कुरामा विश्वस्त छु ।’, उनले भने ।

प्रधानमन्त्री प्रचण्डले संसदीय छानबिन समिति बनाउने कुरामा सबैको सहमति बनिसकेको र टिओआर बनाउने विषयमा सोमबार बिहान सम्म सहमति हुनसक्ने बताए ।