काठमाण्डु– अर्थमन्त्री वर्षमान पुनले समृत राष्ट्र निर्माणका लागि नयाँ चरणको आर्थिक सुधार आवश्यक भएको बताएका छन् ।
आर्थिक वर्ष २०८१-०८२ को आय व्ययको अनुमान विवरण पेश गर्दै अर्थमन्त्री पुनले संविधानले परिकल्पना गरेअनुसार राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर र स्वतन्त्रता तथा उन्नतिशील बनाउँदै समाजवादउन्मुख समृद्ध राष्ट्र निर्माणका लागि नयाँ चरणको आर्थिक सुधार आवश्यक देखिएको बताएका हुन् ।
उनले विगतमा सुरू गरिएका आर्थिक सुधारका उपलब्धीहरूलाई संस्थागत गर्दै बदलिदो विश्वको अर्थव्यवस्था र नेपालको वस्तुगत आवश्यकतालाई दृय्टिगत गरी अर्थतन्त्रलाई सवल बनाउन आवश्यक रहेको बताए ।
प्रतिक्रिया