यसपालिको बजेटमा वृद्धभत्ता यथावत्, सामाजिक सुरक्षामा १ खर्ब १६ अर्ब रुपैयाँ विनियोजन

यसपालिको बजेटमा वृद्धभत्ता यथावत्, सामाजिक सुरक्षामा १ खर्ब १६ अर्ब रुपैयाँ विनियोजन


काठमाण्डु – आगामी आर्थिक वर्षमा वृद्धभत्ता लगायत सामाजिक सुरक्षा भत्ता रकम यथावत् राखिएको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारले सामाजिक सुरक्षा भत्ता यथावत् राखेको जानकारी दिए ।

आगामी वर्ष सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब रुपैयाँ विनियोजन भएको छ ।