काठमाण्डु–सरकारले बजेटका ५ वटा उद्देश्य रहेको जनाएको छ ।
अर्थमन्त्री वर्षमान पुनले छ आगामी आर्थिक वर्षको बजेट वक्तव्य दिदै उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्नु, नीति क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्नु र आर्थिक क्रियाकलाप तीव्रता ल्याउनु बजेटको उद्देश्य रहेको बताए ।
यस्तै मानव संसाधनको विकास गर्नु, स्रोत र साधनको समन्यायिक ढंगले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्नु र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु भएको उनले बताए ।
प्रतिक्रिया