काठमाण्डु- आर्थिक वर्ष २०८१–८२ को बजेटको तयारी पूरा भएको छ ।
अहिले ३ बजे अर्थमन्त्री वर्षमान पुनले संसद्को संयुक्त बैठकमा बजेट पेस गर्ने कार्यक्रम छ ।
अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई बजेटको मस्यौदा हस्तान्तरण गरेका छन् ।
मन्त्रिपरिषद् बैठकले पनि आर्थिक वर्ष २०८१÷०८२ को बजेट पारित गरेको छ । प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेको हो ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदको संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रम आइतबार दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो ।
हरेक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने वाध्यकारी संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया