प्रदेश ५ : २० अर्बभन्दा बढीको बजेट ल्याउँदै

प्रदेश ५ : २० अर्बभन्दा बढीको बजेट ल्याउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही– प्रदेश ५ को सरकारले आगामी आर्थिक वर्ष २०७५÷०७६ का लागि २० अर्बभन्दा बढीको बजेट ल्याउने भएको छ।

प्रादेशिक योजना आयोगका उपाध्यक्ष डा प्रकाश श्रेष्ठका अनुसार आगामी आर्थिक वर्षका लागि सरकारले केन्द्रबाट १५ अर्ब ४२ करोड अनुदान पाउने र प्रदेशको आफ्नै स्रोतलाई थप गरी बजेट ल्याउन गरी छलफल भइरहेको छ।

त्यसका लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस गरिसकेको छ। बजेटसँगै सरकारले नीति तथा कार्यक्रम पनि सार्वजनिक हुनेछ।

उपाध्यक्ष श्रेष्ठले पाँच वटा करमध्ये कृषि आयमा लाग्ने कर मात्रै प्रदेशको अधिकार भएको उल्लेख गर्दै अन्य करका विषयमा स्थानीय तहसँग छलफल भइरहेको बताए।

प्रदेशको अधिकारभित्र घरजग्गा रजिष्ट्रेसन, सवारीसाधन कर रहेकाले त्यसैका आधारमा राजश्व स्रोतको अध्ययन भइरहेको जानकारी दिँदै उनले प्रदेशमा राजश्वको नयाँ क्षेत्र र केन्द्रबाट आउने रकमसमेतका आधारमा बजेटको सिलिङ तोकिने बताए।

प्रदेश सरकारले असार १ गतेसम्म बजेट ल्याउनुपर्ने प्रावधान छ।