बुढानिलकण्ठबाट बाघको छालासहित तीन जना पक्राउ

बुढानिलकण्ठबाट बाघको छालासहित तीन जना पक्राउ


काठमाडौं –अवैध रुपमा वन्यजन्तुको आखेटोपहार खरीद बिक्री तथा ओसारपसार हुँदै गरेको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले बाघको छालासहित तीन जनालाई पक्राउ गरेको छ ।

ब्युरोको टोलीले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१२ तेन्जिङ चोकबाट अवैध रुपमा संरक्षित वन्यजन्तु बाघको छालासहित दोलखा शैलुङ गाउँपालिका–४ का मानबहादुर तामाङ, गोरखा वारपाक सुलीकोट गाउँपालिका–३ की लोकमाया गुरुङ र सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–४ का अमर सिंहलाई पक्राउ गरेको ब्युरोले जनाएको छ ।

पक्राउ परेका तीनैजनालाई कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको छ । पक्राउ परेका विरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धी, १९७५ विरुद्धको अपराधअनुसार कारवाही चलाइने प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए ।