सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?


काठमाण्डु- सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट सार्वजनिक गरेका छन्।  संवैधानिक व्यवस्था अनुसार प्रदेश सभामा आज (असार १ गते) बजेट प्रस्तुत भएको हो।

जसअनुसार सात वटा प्रदेश अर्थमन्त्रीहरूले आर्थिक वर्ष २०८१–८२ का लागि आज आ–आफ्नो प्रदेश सभाको बैठकमा कूल २ खर्ब ७८ अर्ब रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरेका हुन् ।

कुन प्रदेशको कति बजेट ?

बागमती : ६४ अर्ब ५४ करोड

गण्डकी : ३२ अर्ब ९७ करोड

मधेस : ४३ अर्ब ८९ करोड

लुम्बिनी : ३८ अर्ब ९७ करोड

कोसी : ३५ अर्ब २७ करोड

सुदूरपश्चिम : ३१ अर्ब ६२ करोड

कर्णाली : ३१ अर्ब ४१ करोड

स्रोत, प्रदेश अर्थ मन्त्रालयहरू