‘बुलाकी’ को विभिन्न देशमा प्रदर्शन अधिकार बिक्री

‘बुलाकी’ को विभिन्न देशमा प्रदर्शन अधिकार बिक्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-‘बुलाकी’ को विभिन्न देशमा प्रदर्शन अधिकार बिक्री भएको छ । बेलायत, समग्र युरोप र अष्ट्रेलियाको प्रदर्शन अधिकार एकसाथ बिक्री भएको निर्माता तथा अभिनेता विराज विष्टले जानकारी दिए ।

यो फिल्मलाई नेपालसँगै एकसाथ विश्व बजारमा प्रदर्शन गर्ने गरी फिल्म वितरण तथा मनोरञ्जनात्मक गतिविधिमा क्रियाशील वि.एस. इन्टरटेन्मेन्टले खरिद गरेको हो ।

निर्माण कम्पनी छत्रेश्वरी म्यानेजमेन्ट प्राली र विएस इन्टरटेन्मेन्टबीच हालै प्रदर्शन अधिकार बिक्रीसम्बन्धी सम्झौता भएको छ ।

विष्टले सामाजिक सञ्जालमा पोष्ट सेयर गर्दै नेपालको वास्तविक र मौलिक कथालाई विश्वभर छरिएर रहेका नेपाली फिल्मका दर्शकमाझ साझा गर्न पाउनुलाई महत्त्वपूर्ण उपलब्धि भनेका छन् ।

लक्ष्मण सुनारको निर्देशित फिल्ममा सुरक्षा पन्त, विराज विष्ट, नरेन खड्का, सरस्वती खत्री, लक्ष्मी गिरी, रमेश बुढाथोकी, सुशिल पोखरेल लगायत मुख्य भूमिका छ ।

फिल्मले यसअघि सम्पन्न फिल्म महोत्सव तथा अवार्डहरूमा हरेक विधामा उत्कृष्ट कहलिँदै अब्बलता प्रस्तुत गरिसकेको छ ।

यसअघि यो फिल्म गत वर्षको वैशाख १ गते प्रदर्शन भएको थियो । कम शो पाएको भन्दै निर्माण टिमले दुई दिनमै फिल्मको प्रदर्शन स्थगित गरेको थियो ।