काठमाडौं– काठमाडौंमा हुन गइरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास अर्थात् बिमस्टेक सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।
बिमस्टेक बैठकमा भिभिआइपीलाई ‘बुलेटप्रुफ’ गाडी भाडामा लिन सरकारले २ करोड निकासा गरेको छ । भदौ १४ र १५ गते काठमाडौंमा हुन गइरहेको बैठकका लागि ‘भिभिआइपी’लाई ‘बुलेटप्रुफ’ गाडी भाडामा उपलब्ध गराउन सरकारले २ करोड रुपैयाँ निकासा गरेको छ।
काठमाडौंमा हुन गइरहेको बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुने मुलुकका राष्ट्रप्रमुखरसरकार प्रमुख लगायतलाई बुलेट प्रुफ गाडीसमेत उपलब्ध गराउन उक्त रकम निकासा गरिएको हो। सार्क सम्मेलनमा भारतबाट बुलेटब्रुफ गाडीहरु ल्याइएको यसपटक नेपालमै व्यवस्थापन गर्न लागिएको हो।
बैठकमा नेपालसहित बिमस्टेक सदस्य राष्ट्रहरू बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सहभागी हुनेछन्। सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओचा, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति माइथरीपला सिरिसेना, बर्माका राष्ट्रपति विन माइन्ट नेपाल आउँदै छन्। उनीहरुमध्ये भारतका प्रधानमन्त्री मोदी र थाइल्याण्डका प्रधानमन्त्री चान–ओचना १४ गते बिहान चार्टड विमानबाट नेपाल आउँदैछन्।
प्रतिक्रिया