१३ स्वर्ण सहित राष्ट्रपति रनिङ शिल्डको प्रथम स्थानमा बुंगल नगरपालिका

१३ स्वर्ण सहित राष्ट्रपति रनिङ शिल्डको प्रथम स्थानमा बुंगल नगरपालिका


काठमाण्डु- बझाङ जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्डको प्रथम स्थानमा बुंगल नगरपालिका आएको छ । बुंगलले ज्ञघ स्वर्ण, २ रजत सहित १५ वटा पदक जितेर राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पारेको हो ।

केदास्युँ गाउँपालिका झोतामा सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा विजय हासिल गरेर बुंगलले ऐतिहासिक सफलता प्राप्त गरेको नगर खेलकुद विकास समितिका अध्यक्ष शेरबहादुर कुँवरले बताए ।

‘यो बुंगलको लागि ऐतिहासिक सफलता हो । खेलकुदको क्षेत्रमा बुंगलले पहिलेदेखि नै आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ । अब यसले निरन्तरता पाउँछ । यो सफलताको लागि विजेता र सहभागी सबै बुंगलका भाइबहिनीहरू धन्यवादका पात्र हुनुहुन्छ ।’, उनले भने ।

प्रतियोगितामा जिल्लाका १२ वटै स्थानीय तहको सहभागिता रहेकोमा केदारस्युँले ६ स्वर्ण, ६ रजत र ५ काँस्य गरी ११ पदक जितेको छ ।जयपृथ्वी नगरपालिकाले ४ स्वर्ण, ६ रजत र ४ काँस्य गरी १४ पदक जितेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

आइतबार प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउनेछन् ।