प्यूठानमा रात्रि बस दुर्घटना : पाँचजनाको मृत्यु, २५ जना घाइते

प्यूठानमा रात्रि बस दुर्घटना : पाँचजनाको मृत्यु, २५ जना घाइते


 प्यूठान– जिल्लाको प्याकुरीमा रात्रि बस दुर्घटना हुँदा पाँचजना यात्रुको मृत्यु भएको छ । प्याकुरी भन्ने स्थानमा शनिबार राति भएको बस दुर्घटनामा ५ जनाको मृत्यु भएको हो ।
महेन्द्रनगरबाट प्यूठान जाँदै गरेको महाकाली यातायातको ना ४ ख १८७६ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । अन्य एक जनाको उपचारका क्रममा ल्याउदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार दुर्घटनामा परी २५ जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर छ । बस सडकबाट झण्डै दुई सय मिटर तल खसेको छ । गुडीरहेको बसमा एक्कासि बत्ती निभेपछि नियन्त्रण गुमाएर सडकभन्दा तल खसेको प्रत्यक्षदर्शीले यात्रुले बताएका छन् ।