यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णयहरू, प्रचण्डको भारत भ्रमणदेखि ११ राजदूत फिर्तासम्म (सूचीसहित)

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णयहरू, प्रचण्डको भारत भ्रमणदेखि ११ राजदूत फिर्तासम्म (सूचीसहित)


काठमाण्डु – सरकारले बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेका १० मुख्य निर्णयहरू सार्वजनिक गरेको छ ।

सरकारी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण स्वीकृत भएको जानकारी दिइन् ।

बैठकले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय समेत गरेको छ ।

यी हुन् निर्णयहरू :

१. प्रधानमन्त्रीज्यूले भारतका प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा सहभागिता जनाउनुहुने ।
२. लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने ।
३. हेटौडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा श्री नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने ।
४. औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा श्री पदम ओलीलाई नियुक्त गर्ने ।
५. मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने ।
६. अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा श्री तेजबहादुर राईलाई तोक्ने ।
७. जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा (१) बमोजिमका ५२ रोगहरुलाई सङ्क्राम रोगहरुको रुपमा तोक्ने ।
८. जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१ स्वीकृत गर्ने ।
९. ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने ।
१०. भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेशिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका गरी एघार जना राजदूतलाई फिर्ता बोलाउने ।