तेक्वान्दो खेलाडी पलेसालाई ६२ लाख पुरस्कार दिने सरकारको निर्णय

तेक्वान्दो खेलाडी पलेसालाई ६२ लाख पुरस्कार दिने सरकारको निर्णय


काठमाण्डु – सरकारले पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धनलाई ६२ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पुरस्कार र सम्मान गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रको गौरव स्थापित गर्ने पलेसालाई ६२ लाख रुपैयाँ, प्रशिक्षकलाई ५ लाख ८५ हजार, टीम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरिएको जानकारी दिए ।

सरकारले दुग्ध विकास संस्थानले किसानलाई भुक्तानी दिन बाँकी रकम भुक्तानी गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयले ६० करोड ऋण भुक्तानी दिन स्वीकृति दिने निर्णय समेत गरेको छ ।