विपद् प्रभावित जिल्लाका स्थानीय तहलाई संकटग्रस्त घोषणा गर्ने सरकारको निर्णय

विपद् प्रभावित जिल्लाका स्थानीय तहलाई संकटग्रस्त घोषणा गर्ने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले विपद् प्रभावित जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको सिफारिसको आधारमा काभ्रे, काठमाण्डु, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, सिन्धुली जिल्लाका प्रभावित स्थानीय तहहरूलाई विपद् संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको छ ।

सरकारले बाढी र पहिरोका कारण ठूलो मात्रमा जनधनको क्षति पुर्‍याएको क्षेत्रमा संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

बाढीपहिरोबाट २३९ जनाको मृत्यु, १६९ जना घाइते र १८ जना बेपत्ता भएका प्राधिकरणले जनाएको छ ।