धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त


काठमाण्डु – सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्ष नियुक्त गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीले श्रेष्ठलाई अध्यक्ष नियुक्त गरिएको जानकारी दिए । उनी यसअघि विद्युत् प्राधिकरणको सञ्चालक समेत थिए ।