काठमाण्डु – सरकारले गत मंसिर २७ र २८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
गत मंसिर २७ गतेको मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको थाइल्याण्ड भ्रमण स्वीकृत गरेको छ ।
मन्त्री पौडेल सोमबार थाइल्याण्ड प्रस्थान गरिसकेका छन् । बैठकले सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट नेपाल सरकारलाई प्राप्त हुने करीब ११ अर्ब ५५ करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले सत्य निश्रपण तथा मेलमिलाप आयोगका सचिव आलोकचन्द्र श्रेष्ठलाई नेपाल कानून आयोगको सचिव पदमा र नेपाल कानून आयोगका सचिव पाराश्चर ढुंगानालाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव पदमा सरुवा गरेको छ ।
बैठकले एसियाली विकास बैंकबाट हरित उत्थान र समावेशी विकास कार्यक्रमका लागि प्राप्त हुने १०० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने, निर्माणाधीन नागढुंगा सुरुङमार्ग अन्तर्गत क्षतिपूर्ति तथा समस्या समाधानका लागि सैद्धान्तिक सहमति दिने लगायतका निर्णय गरेको छ ।
यी हुन् बैठकका निर्णयहरू –
प्रतिक्रिया