सशस्त्र प्रहरीका ४ डीआईजीको पदावधि थप्ने मन्त्रिपरिषद्को निर्णय

सशस्त्र प्रहरीका ४ डीआईजीको पदावधि थप्ने मन्त्रिपरिषद्को निर्णय


काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका ४ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) को पदावधि थपिएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले डीआईजीहरू कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको पदावधि १ वर्ष थपेको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सिफारिस अनुसार पुस २३ गते ४ वर्षे पदावधि पूरा हुन लागेका चारै डीआईजीहरूको पदावधि १ वर्ष थप भएको छ ।