काठमाण्डु – सरकारले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी आयोगमा पदाधिकारी सिफारिस गर्न पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा समिति गठन गरेको छ ।
सोमबार मन्त्रिपरिषद् बैठक बस्नुअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सहमति लिएर सरकारले निर्णय लिएको हो । यसअघिको सिफारिस समिति पनि मिश्रकै नेतृत्वमा थियो ।
समितिमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, पूर्वराजदूत डा. अर्जुनकुमार कार्की र अधिकारकर्मी स्टेला तामाङ सदस्य रहनेछन् ।
प्रतिक्रिया