यसकारण अड्कियो मन्त्रिपरिषद् विस्तार, फोरमसँग किन भएन सहमति?

यसकारण अड्कियो मन्त्रिपरिषद् विस्तार, फोरमसँग किन भएन सहमति?


काठमाडौं–संघीय समाजवादी फोरमसँग मन्त्रालय बाँडफाँडका विषयमा सहमति नहुदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली संघीय समाजवादीलाई पनि सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा छन्। तर, फोरमले तीन मन्त्रालय मागेपछि वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच बिहीबार पनि सहमति जुुट्न सकेन। वाम गठबन्धन उपप्रधानसहित दुई मन्त्रालय दिन राजी छ।

प्रधानमन्त्री निवास बालुवाटारमा एमाले, माओवादी केन्द्र र फोरमका शीर्ष नेताको बैठक निश्कर्षमा पुग्न नसकेपछि मन्त्रिमण्डल विस्तारमा ढिलाई हुने भएको हो ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबीच बुधवार र बिहीवार वार्ता भएको थियो।

फागुन ३ गते प्रधानमन्त्रीको शपथ लिएका केपी ओलीले सोमवार दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । पहिलो चरणमा दुई, र दोस्रो चरणमा चार गरी ओली सरकारमा ६ जना मन्त्रीले शपथ लिएका छन्।

फोरमलाई सरकारमा सहभागि गराउने प्रयासका कारण प्रधानमन्त्रीले शपथ लिएको दुई साता वितिसक्दा समेत मन्त्रिपरिषद्ले पूणता पाउन सकेको छैन्।

संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार वार्ता सकरात्मक भएपनि केही सैद्धान्तिक विषयमा सहमति जुट्न नसकेको बताए। उनका अअनुसार अर्को चरणमा वार्ता हुने छ।