काठमाडौँ— सरकारले एकैपटक १६ जना सचिवको सरुवा गरेको छ, भने ४ जना सहसचिवलाई सचिवमा बढुवाको निर्णय गरेको छ। सोमबारको मन्त्रिपरिषद्को बैठकले सरुवा र बढुवाको निर्णय गरेको हो।
को कहाँ?
—सिँचाई मन्त्रालयका सचिव सञ्जय शर्मा विज्ञान तथा प्रविधि मन्त्रालयमा
— श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई शिक्षा मन्त्रालय
— वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा
—पर्यटन सचिव मोहनकृष्ण सापकोटा सार्वजनिक खरिद अनुगमन कार्यालयमा
—राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव वैकुण्ठ अर्याल वाणिज्य तथा आपूर्ति मन्त्रालयमा
—सार्वजनिक खरिद पुनरवलोकन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौडेल वित्त आयोगमा
—राष्ट्रिय सर्तकता केन्द्रका माधव वेल्वासे खानेपानी मन्त्रालयमा
— भूमिसुधार मन्त्रालयका सचिव गोपीनाथ मैनाली महालेखा नियन्त्रकमा
— महालेखा नियन्त्रक सूर्यप्रसाद गौतम भूमिसुधार मन्त्रालयमा
— राष्ट्रपति कार्यालयका सचिव विनोद केसी श्रम तथा रोजगार मन्त्रालयमा
— प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि पौडेल राष्ट्रपति कार्यालयमा
—शिक्षा सचिव खगराज बराल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा
—स्वास्थ्य सचिव रामप्रसाद थपलिया युवा तथा खेलकुद मन्त्रालयमा
— लोकसेवा आयोगका सचिव महेन्द्र गुरागाइँ सार्वजनिक खरिद अनुगमन कार्यालयमा
—प्रदेश ३ का प्रमुख सचिव आनन्दराज ढकाल लोकसेवा आयोगमा
— प्रदेश ५ का प्रमुख सचिव तीर्थराज ढकाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा
सचिवमा बढुवा
मन्त्रिपरिषद्ले सहसचिवहरू तोयम राय, तोयानारायण ज्ञवाली, शिवहरी शर्मा र रविन्द्र श्रेष्ठलाई सचिवमा बढुवा गरेको हो।
प्रतिक्रिया