काठमाडौं– ३ फागुनमा सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री केपी ओलीले ३० दिनपछि शुक्रबार मन्त्रिपरिषदलाई २२ सदस्यीय पुर्याएका छन्।
ओलीले शुुक्रबार एमालेबाट ६ र माओवादीबाट ५ गरी ११ मन्त्री र ४ राज्यमन्त्री थपेका हुन्।
यसैबीच, नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले समक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका छन्।
सोही अवसरमा प्रधानमन्त्रीसमक्ष नवनियुक्त राज्यमन्त्रीले समेत पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीले जानकारी दिए।
३ फागुनमा प्रधामन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री ओलीको अध्यक्षतामा रहेको मन्त्रिपरिषद् फागुन १४ गते विस्तार भएको थियो।
मन्त्रिपरिषद्को कार्यविभाजन
१. केपी शर्मा ओली प्रधानमन्त्री शहरी विकास र स्वास्थ्य तथा जनसङ्ख्या
२ . ईश्वर पोखरेल मन्त्री रक्षा
३. रामबहादुर थापा मन्त्री गृह
४. प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्ट्र
५. वर्षमान पुन मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ
६. गिरिराजमणि पोखरेल मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
७. मातृकाप्रसाद यादव मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
८. रघुवीर महासेठ मन्त्री भौतिक पूर्वाधार तथा यातायात
९. गोकर्णराज विष्ट मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१०. शक्तिबहादुर बस्नेत मन्त्री वन तथा वातावरण
११. लालबाबु पण्डित मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन
१२. थममाया थापा मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१३. डा युवराज खतिवडा मन्त्री अर्थ
१४. जगतबहादुर सुनार (विश्वकर्मा) मन्त्री युवा तथा खेलकुद
१५. रवीन्द्रप्रसाद अधिकारी मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१६. शेरबहादुर तामाङ मन्त्री कानुन,न्याय तथा संसदीय मामिला
१७. चक्रपाणि खनाल मन्त्री कृषि, भूमि व्यवस्था तथा सहकारी
१८. वीना मगर मन्त्री खानेपानी
राज्यमन्त्री
१ पद्माकुमारी अर्याल राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्ख्या
२ गोकुलप्रसाद बाँस्कोटा राज्यमन्त्री सञ्चार तथा सूचना प्रविधि
३ धनबहादुर बुढा राज्यमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
४ रामकुमारी चौधरी राज्यमन्त्री कृषि, भूमि व्यवस्था तथा सहकारी
प्रतिक्रिया