मन्त्रिपरिषद बैठकको निर्णय : न्यौपाने सचिवमा बढुवा

मन्त्रिपरिषद बैठकको निर्णय : न्यौपाने सचिवमा बढुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले केदार प्रसाद न्यौपानेलाई सचिवमा बढुवा गरेको छ । एक नम्बर प्रदेशमा कार्यरत न्यौपानेलाई मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । उनि यसअधि अध्यागमन विभागको महानिर्देशक समेत थिए ।

बैठकले अर्का एक सह–सचिवलाई कामु सचिवको जिम्मेवारी दिएको छ । सचिव वढुवामा वरियतामा अघि रहेका सहसचिव चन्द्रमान श्रेष्ठलाई भने बढुवा नदिने निर्णय सरकारले गरेको छ । सचिवको २ रिक्त पदमा ६ जना सहसचिवको नाम सिफारिस भएको थियो ।

सहसचिवहरु आनन्दराज ढकाल, केदार प्रसाद न्यौपाने तीर्थराज ढकाल, चन्द्रमान श्रेष्ठ, सूर्य गौतम र दिपक सुवेदीको नाम सिफारिस भएको थियो ।