उद्योगीको पक्षमा सरकारको निर्णय : भोली १२ बजेभित्र काटिएका लाइन जडान गर्न निर्देशन

उद्योगीको पक्षमा सरकारको निर्णय : भोली १२ बजेभित्र काटिएका लाइन जडान गर्न निर्देशन


काठमाण्डु – सरकारले भोलि (सोमबार) १२ बजेभित्र उद्योगीका काटिएका लाइन जडान गर्न पनि मन्त्रालयमार्फत विद्युत् प्राधिकरणलाई निर्देशन दिने सरकारले निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले १५ दिनभित्र बक्यौता टीओडी मिटर बमोजिम असुल गर्ने निर्णय समेत गरेको एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै बैठकले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । बैठकले विद्युत् बक्यौतासम्बन्धी सुझाव दिन गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार प्रतिवेदन कार्यान्वयनका लागि ऊर्जा मन्त्रालयलाई बैठकले निर्देशन दिएको छ ।