काठमाण्डु-मन्त्रिपरिषद्को बैठक आइतवार दिउँसो बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली केही दिनदेखि अस्वस्थ्य भएपछि मन्त्रिपरिषद्को बैठक बस्न सकेको थिएन । प्रधानमन्त्री ओली स्वस्थ्य भएपछि आइतवार दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा केही महत्वपूर्ण नियुक्ति र बढुवाको सिफारिस गर्ने सरकारको तयारी छ । त्यस्तै, बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका विषयमा पनि छलफल हुने बुझिएको छ ।
मन्त्रिपरिषद् बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति रामचन्द्र पौडेललाई विदाइ गर्न विमानस्थल जाने कार्यक्रम छ । राष्ट्रपति पौडेल दिउँसो साढे ४ बजे अजरबैजान प्रस्थान गर्दैछन् । उनी जलवायु सम्मेलनमा सहभागी हुन बाकु जान लागेका हुन् ।
प्रतिक्रिया