काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बालुवाटारमा मन्त्रिपरिषदको नियमित बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषदको नियमित बैठक बस्न लागेको जानकारी दिए ।
बुधवार प्रधानमन्त्रीले विज्ञहरुसँग लकडाउनको मोडालिटीबारे छलफल गरेका थिए । विज्ञहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।
आजको बैठकमा लकडाउनबारे निर्णय हुनसक्नेछ । व्यापारीहरुले लकडाउन खुकुलो बनाएर व्यापार व्यावसाय सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै आइरहेका छन् । त्यस्तै सरकारले असार ७ गतेभित्र कर तिर्न व्यापारीहरुलाई आग्रह गरेको छ ।
तर, व्यापारीहरुले अहिलेको अवस्थामा कर तिर्न नसक्ने बताउँदै आइरहेका छन् । उनीहरुले दुई महिनादेखि व्यापार व्यावसाय सञ्चालन नभएको अवस्थामा कर तिर्न नसक्ने बताएका हुन् ।
प्रतिक्रिया