मन्त्रिपरिषदको बैठक बोलाइयो, सरकारले आजै प्रदेश प्रमुख तोक्ने

मन्त्रिपरिषदको बैठक बोलाइयो, सरकारले आजै प्रदेश प्रमुख तोक्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले प्रदेश प्रमुखहरुको नियुक्ती मंगलवार नै गर्ने भएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुखहरुको नियुक्ती नगरेर सत्ता लम्बाउन खोजेको आरोप लागिरहेको बेला आजै प्रदेश प्रमुखहरुको नियुक्ती गर्ने तयारीमा उनि लागेका छन् ।

 

प्रदेश प्रमुखको नियूक्तीबारे छलफल गर्न आजै प्रमुख दलका शिर्ष नेताहरुसंग प्रधानमन्त्री देउवाले बालुवाटारमा अनौपचारिक छलफल समेत गरेका छन् । प्रदेश प्रमुखको नियुक्ती र अस्थायी राजधानीबारे प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार विहान प्रधानमन्त्रीले माओवादी केन्द्र र एमालेका नेताहरुसंग छलफल गरेका थिए ।

 

 

देउवा निकट स्रोतकाअनुसार प्रधानमन्त्रीले आजै मन्त्रिपरिषदको बैठक बोलाएर प्रदेश प्रमुखको नियुक्ती गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री देउवाका स्वकिय सचिव भानु देउवाले मन्त्रिपरिषदको बैठक आजै बस्ने जानकारी दिए । उनकाअनुसार प्रदेश प्रमुख र प्रदेशको अस्थायी कार्यालय तोक्नेलगायतको सबै तयारी पूरा भइसकेको छ ।

 

प्रदेश प्रमुखको लागी पूर्व प्रधानसेनापति रुकमांगत कटुवाल,अनुराधा कोइरालालगायत आधा दर्जन अवकासप्राप्त पूर्व कर्मचारी प्रतिस्पर्धामा छन् ।