राष्ट्रियसभाका तीन सदस्य मनोनितकाे जिम्मेवारी प्रधानमन्त्री देउवालाई

राष्ट्रियसभाका तीन सदस्य मनोनितकाे जिम्मेवारी प्रधानमन्त्री देउवालाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसमाभा मनोनित हुने ३ जना सदस्यका बारेमा निर्णय गर्ने जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मेवारी दिएको छ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले थप परामर्श गरी निर्णय गर्ने जिम्मेवारी प्रधानन्त्रीलाई दिएको हो।

यसबारे शनिबारसम्म निर्णय बाहिर आउने सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए।

यही माघ २४ गते सम्पन्न राष्ट्रियसभा निर्वाचन सम्पन्न भएपछि मन्त्रिपरिषद्बाट सिफारिस भई राष्ट्रपतिबाट नियुक्त हुने तीन सदस्यबारे निर्णय हुन बाँकी छ।

यसैगरी, बैठकले औद्योगिक बौद्धिकसम्बन्धी कानुन संशोधन र तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने, नेपाल र कतारबीच सरकारी तथा उच्च ओहोदाका राहदानीवाहकलाई प्रवेशाज्ञाशुल्क छुट दिने निर्णय गरेको छ।

त्यसैगरी बुढीगण्डकी आयोजनाको लगानीसम्बन्धी प्रतिवेदन स्वीकृत गरिएको, तपस्वी रामबहादुर बम्जनले आफ्नो आश्रयस्थल बनाएको बारा जिल्लाको वनक्षेत्रलाई धार्मिक वन घोषणा गर्ने निर्णय बैठकले गरेको मन्त्री बस्नेतले बताए।