बाघ गणनाका लागि राखिएका क्यामेरा गायब

बाघ गणनाका लागि राखिएका क्यामेरा गायब

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्ज र पर्सा कम्प्लेक्समा बाघ गणनाका लागि राखिएका स्वचालित ‘ट्रयापिङ क्यामेरा’ हराएका छन् । केही वन्यजन्तुले क्षति पुर्‍याएका छन् । निकुञ्जले गत मंसिर १४ बाट बाघ गणना र उनीहरूको गतिविधि हेर्न विभिन्न क्षेत्रमा क्यामेरा जडान गरेको थियो ।

 

 

 

 

रौतहटस्थित पौराई जंगलबाट स्थानीय बालकले २ वटा क्यामेरा फेला पारेको र ढुंगाले फुटाउन खोजेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उक्त क्यामेरा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी शान्तिराज कोइरालाको पहलमा वन कार्यालयलाई जिम्मा लगाइएको छ ।

 

 

 

 

बाघ आवतजावत गर्दा फोटो खिच्न राखिएका क्यामेरा चोरी भएको र केहीमा वन्यजन्तुबाट क्षति पुगेको निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए । ‘केही स्थानका क्यामेरा हात्तीले फुटाएको पाइयो । केही चोरिएका छन् । केही थाहा नपाएर के रहेछ भन्दै लगेको पाइयो,’ उनले भने, ‘केही स्थानमा फेला पारी प्रहरीमार्फत फिर्ता ल्याइएको छ ।’

 

 

 

 

निकुञ्जका अनुसार पर्सा क्षेत्रको पहिलो ब्लकमा जडान गरिएका ३६, दोस्रोमा २६ र तेस्रो ब्लकमा ११ गरी ७३ वटा क्यामेरामध्ये ३५ वटा चोरी भएका छन् । झन्डै ३० वटा क्यामेरा हात्तीले फुटाइदिएका छन् । हराएकामध्ये ५ वटा फेला परेका थिए । बस्ती नजिक जडान गरिएका क्यामेरा बालबालिकाले खेलौना भनेर ल्याउने गरेका छन् ।

 

 

 

 

यहाँस्थित कंकालीमा हराएको एउटा क्यामेरा प्रहरीमार्फत फिर्ता आएको छ ।

 

 

 

रौतहटमा फेला परेको क्यामेरा प्रहरीमार्फत वन कार्यालयले बुझेको छ । यो वर्ष सामुदायिक वन क्षेत्रमा समेत बाघ गणना भएको थियो । सामुदायिक वनमा सर्वसाधारणको पहुँच भएकाले क्यामेरा हराउने क्रम बढेको हो । दुई महिना लगाएर दुर्लभ पाटे बाघको गणना गरिएको थियो । आजको कान्तिपूरमा खबर छ ।