क्यानद्वारा महिला एसिया कप खेल्ने नेपाली टीमको घोषणा

क्यानद्वारा महिला एसिया कप खेल्ने नेपाली टीमको घोषणा


काठमाण्डु – आउँदो जुलाईमा हुने एसीसी महिला एसिया कपमा खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । महिला एसिया कप जुलाई १९–२८ सम्म श्रीलंकामा हुँदैछ ।

नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, बिन्दु रावल, कविता कुवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट समेटिएका छन् ।

नेपालले पहिलो खेल १९ जुलाईमा यूएई, २१ जुलाईमा पाकिस्तान र २३ जुलाईमा भारतसँग खेल्नेछ ।