क्यानद्धारा नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

क्यानद्धारा नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक


काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ जर्सी सार्वजानिक गरेको छ । केही समयअगाडि जर्सी डिजाइनका लागि खुल्ला प्रतिस्पर्धा आव्हान गरेको क्यानले सोमबार आदर्श पोखरेलले डिजाइन गरेको राष्ट्रिय पुरुष क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको हो ।

डिजाइनरले एसीसी र आईसीसीको जर्सी प्रोटोकललाई ध्यान राख्दै नेपाली राष्ट्रिय झन्डासँग मिल्ने रंग संयोजनमा जर्सी डिजाइन गर्नुपर्ने सर्त अघि सारिएको थियो ।  प्रतिस्पर्धामार्फत प्राप्त ५ सयभन्दा बढी डिजाइनमध्येबाट पोखरेलले डिजाइन गरेको जर्सी सार्वजानिक गरिएको क्यानले जनाएको छ ।

नेपाली क्रिकेट टोली ओमानमा हुने पपुवा न्यूगिनीसँगको २ एकदिवसीय र अ‍ेमेरिका र ओमानसँग हुने त्रीकोणात्मक टी–२० सिरिजका लागि मंगलबार ओमान प्रस्थान गर्दैछ ।