काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान)ले टी–ट्वान्टी ग्लोबल छनोटका लागि ३० खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएको छ । मुख्य प्रशिक्षक पुबुदु दासानायकेले कप्तान सन्दीप लामिछाने सहित ३० खेलाडीलाई शनिबारबाट सुरु गर्ने गरि प्रशिक्षणमा बाेलाएकाे हो ।
ओमानमा हुने टि–२० विश्वकपको क्वालिफायरका लागि पहिलो चरणको बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गरिएको हो । टिमको कप्तानमा यसअघि नै क्यानले सन्दिप लामिछानेलाई तोकिसकेको छ ।
क्यानले हालै अनुशासनको कारवाही गर्दै सेन्ट्रल कन्ट्राक्टबाट ६ महिनाका लागि बाहिर राखेका ४ खेलाडी ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई पनि बोलाइएको छ ।
नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सरद भेषावकर, करन केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, बिनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आशिफ शेख, कमल सिंह ऐरी, सहाब आलम, सन्दीप जोरा, अभिनाश बोहोरा, सुशान भारी, पवन सर्राफ, बिक्रम सोब, भिम शार्मी, रोहित कुमार पौडेल,प्रदीप ऐरी, गुल्शन झा, नन्दन यादव, जितेन्द्र कुमार मुखिया, विवेक कुमार यादव, शौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल, हरि शंकर शाह रहेका छन् ।
प्रतिक्रिया