क्यानद्धारा त्रिकोणात्मक वानडे सिरिजका लागी नेपाली टिमको घोषणा

क्यानद्धारा त्रिकोणात्मक वानडे सिरिजका लागी नेपाली टिमको घोषणा


काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिगअन्र्तगत ओमान र अमेरिकासंगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागी नेपाली टिमको घोषणा गरेको छ ।

क्यानले शनिवार ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरेको हो । टिमको उपकप्तानमा दीपेन्द्र सिंह ऐरी छनौट भएका छन भने गुलशान झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् ।

झाले मेयर्स कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।