त्रिदेशीय टी–२० : क्यानडाले जित्यो शृङ्खलाको उपाधि

त्रिदेशीय टी–२० : क्यानडाले जित्यो शृङ्खलाको उपाधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेपाल सम्मिलित त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि क्यानडाले जितेको छ ।

गएराति भएको खेलमा ओमानलाई ५ विकेटले हराउँदै शीर्ष स्थानमा रहेर क्यानडाले त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि जितेको हो ।

ओमानले दिएको ८३ रनको लक्ष्य क्यानडाले १४ ओभर १ बलमा ५ विकेट गुमाएर भेटायो ।

यसअघि क्यानडाको किङ्ग सिटीमा टस हारेर ब्याटिङ गरेको ओमान १९ ओभर ४ बलमा ८२ रनमा अलआउट भयो । त्रिदेशीय टी–२० शृङ्खलामा क्यानडाले ४ खेलमा ६ अङ्क जोड्दै शीर्ष स्थानमा रह्यो । नेपाल ४ खेलमा ४ अङ्कसहित दोस्रो र ओमान ४ खेलमा २ अङ्कसहित अन्तिममा रह्यो ।