कारको झ्यालबाट चुरोट फ्याकेमा १३ लाख जरिवाना

कारको झ्यालबाट चुरोट फ्याकेमा १३ लाख जरिवाना


क्यानबेरा – कारको झ्यालबाट चुरोट फ्यादको अवस्थमा समातिएका चालकलाई न्यू साउथ वेल्सको नयाँ कानुन अनुसार १० ‘डिमेरिट’ अंक अर्थात ११ हजार डलर (झन्डै १३ लाख रुपैयाँको) जरिवाना हुन सक्ने भएको छ । बिहीबार घोषणा गरिएका कानुन पुरै आगो प्रतिबन्धमा लागु हुनेछ ।

जब पुरै आगोमाथिको प्रतिबन्ध थिएन चुरोट साल्काउनले चालकलाई ५ डिमेरिट अंकको सजाय थियो । यद्यपि चुरोटको ठुटो फाल्ने यात्रुलाई भने ६६० डलरको जरिवाना गरिनेछ । पुरै आगो प्रतिबन्धको अवस्थामा भने यो दोब्बर हुनेछ । यो नयाँ सजाय एएसडब्लुको प्रहरी र आपतकालिन सेवाका मन्त्री डेभिड इलियोठटले बिहीबार घोषणा गरेका हुन् ।

“हामी यो वर्षको आगलागीको मौषमको सुरुवाती चरणमा छौ । यो गृष्मकालिन अवधिको १९ दिन मात्रैै भएको छ । हामीले ३० लाख हेक्टरमा आगो लागिसकेको देखेका छौ । ७०० भन्दा बढी घरहरु ध्वस्त भएका छन् र ६ मानिसको दुखद निधन समेत भएको छ,” उनले बताए ।

“अग्नी नियन्त्रकहरु आगोको ज्वालाको अग्रपंक्तिम रहेका छन् र यस किसिमको मुर्खतापूर्ण अपराधलाई सहन सकिन्न,” उनको भनाई थियो । गत वर्ष यस किसिमको अपराधमा २०० भन्दा बढी व्यक्ति समातिएका थिए । न्यू साउथ वेल्समा आगलागीले हाल सम्म ६ मानिसको मृत्यू भइसकेको छ भने ८०० घरहरु जलेका छन् । सिड्नी नजिकको विशाल आगलाग व्यापक रुपमा विस्तार हुन सक्छ ।