एनपीएल : दीपेन्द्रले जिते कार, ललितले पाए मोटरसाइकल

एनपीएल : दीपेन्द्रले जिते कार, ललितले पाए मोटरसाइकल


काठमाण्डु– नेपाल प्रिमियर लिगको पुरस्कारमा रहेको कार सुदूरपश्चिम रोयल्सका कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीले जितेका छन्।

९ खेलमा २२७ रन बनाएका उनले ९ विकेट लिएका थिए । सारडा समूहले एनपीएलकै उत्कृष्ट हुने नेपाली खेलाडीलाई ओमोडा ई५ कार दिने घोषणा गरेको थियो। उक्त कार दीपेन्द्रले पाउने भएका हुन्।

एनपीएलमा पनि दीपेन्द्र नेपालको तेस्रो बढी रन बनाउने खेलाडी हुन्।

त्यस्तै सिद्दार्थ बैंक प्लेयर अफ दि टुर्नामेण्ट सुदूरपश्चिमका सेफ अली जैब पाए । उनले ५ लाख रूपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट बलर ललित राजवंशी बने । उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् । उदीयमान खेलाडी कर्णाली याक्सका विपिन प्रसाद शर्माले पाए । उनले ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाएका छन् ।

त्यस्तै इनर्जेटिक प्लेयर अफ द टुर्नामेण्ट जनकपुरका जिमी नीशमले पाए । उनले २ लाख रूपैयाँ प्राप्त गरेका छन् । म्याक्सिमम चौका अवार्ड लाहिरु मिलान्थाले पाएका छन् । फेयर प्ले अवार्ड लुम्बिनी लायन्स टिमले प्राप्त गरेको छ ।