बलात्कारको ‘मुद्दा चर्काइदिन्छु’ भन्दै पत्रकारले मागे २ हजार रकम !

बलात्कारको ‘मुद्दा चर्काइदिन्छु’ भन्दै पत्रकारले मागे २ हजार रकम !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– राहुल राय
सिरहा – सिरहामा दलित महिला बलात्कार प्रयास प्रकरणमा पत्रकारले नै रकम मागेको आरोप परिवारजनले लगाएका छन् ।

४ महिनाअघि बलात्कार प्रयासबाट उम्किएकी नरहा गाउँपालिका बर्छवाकी २५ वर्षीया आनन्दीदेवी सदाय मृत्यु प्रकरणमा रिपोर्टिङका लागि गएका सिरहाका एक पत्रकारले २ हजार रुपैयाँ मागेको आरोप लागेको छ ।

आनन्दीदेवी सदायकी माइत पक्षबाट बोल्दै उनकी आमाले घटनाबारे समाचार लेखेर मुद्दा अघि बढाइदिन्छु भन्दै थप रुपैयाँ मागेको बयान दिएको छ ।

नेपाल प्रहरीका एसएसपी परिवारजनसँग भेट गर्न गएको बेला पीडित परिवारले पत्रकारले रुपैयाँ लिएको र थप मागेको पीडा सुनाइन् । पत्रकारले रुपैयाँ मागेको र आफूले नचिनेको बताउँदै उनकी आमा बिलटौन देवी सदायले होचो र गोरो अनुहारको हुलिया मात्र रहेको बताइन् ।

बिलटौन देवीका अनुसार बलात्कार मुद्दामा सहयोग गरिदिने, प्रहरीमा मुद्दा अघि बढाइदिने, दबाब दिलाइने भन्दै २५ हजार रुपैयाँ मागेको आरोप लगाएकी हुन् । पत्रकारले नै पीडितसँग उल्टै रकम मागेपछि असहाय रहेको सदाय परिवारले रकम दिन मानेनन् ।

घरको नूनतेल चल्ने रकम पत्रकारले नै लिएपछि थप पीडित भएको उनले सुनाइन् । उनले त्यो पत्रकार पुनः आएमा चिन्ने बताइन् ।

आनन्दीदेवी सदायलाई गत ९ पुसको बिहान करीब ११ बजे माइती गाउँनजिकै रहेको नवराजपुर गाउँपालिका–३ जगतपुरमा स्थानीय २२ वर्षीय संजिवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले घेरा हालेर हरिनारायण यादवको आँपको बगैंचामा लगेर बलात्कार प्रयास गरेका थिए ।

न्यायको लागि प्रहरीमा धाए पनि सुनुवाइ नभएपछि अन्ततः आनन्दी देवी सदायले मृत्यु रोजेको बताइन्छ । घर परिवारबाट समेत असहयोग भएपछि माइती घरमै उनी झुण्डिएको अवस्थामा फेला परेपछि बल्ल घटना बाहिरिएको थियो ।